विचार/ब्लग

अमेरिकाको युद्धमुखी नीति: लाखौँको मृत्यु, ट्रिलियन डलरको ध्वंस र इतिहासका विफलता

अशोक खड्का / २१औँ शताब्दीको सुरुवातदेखि नै अमेरिका विश्वमा “लोकतन्त्र”, “आतङ्कवाद विरुद्ध युद्ध” र “मानव अधिकारको रक्षा” को नाममा क्रमशः एकपछि अर्को देशमा सैन्य हस्तक्षेप गर्दै आएको छ। तर आजको यथार्थ र परिणाम यस्तो छ । 

 • इराक, अफगानिस्तान, लिबिया, सिरिया, यमन, लेबनान, पालेस्टाइन र अहिले इरान

 • लाखौँ निर्दोष नागरिकहरूको मृत्यु

 • ट्रिलियन डलर खर्च, कहिल्यै नटुङ्गिने युद्ध र यसले दिएको गहिरो घाउ र अन्तमा – अमेरिकाकै हातले इस्लामिक चरमपन्थीहरूको उदय।

अमेरिकाले जहाँ-जहाँ हात हाल्यो, त्यहाँ ध्वंस, अराजकता, अस्थिरता र रणनीतिक हार मात्रै हात परेको छ।

अमेरिका आफैले शुरु गरेका प्रमुख युद्धहरू: संक्षिप्त समीक्षा:

१. इराक (२००३–२०११ ) झूटा प्रमाणको आधारमा  युद्धको सुरुवात

       • झूट: इराकमा WMD ( Weapons Of Mass Destruction) छन् भनेर प्रचार।

       • नतीजा: १० लाख बढी इराकी र हजारौँ अमेरिकी सेनाको मृत्यु र घाइते, हजारौँ अमेरिकी सैनिकहरू मानसिक रोगी र सुसाईड गरेर मृत्यु, ISIS को उदय, 

       • WMD भएको कुनै प्रमाण फेला परेन। 

       • इरानको प्रभाव बढ्यो, $२.४ ट्रिलियन डलर खर्च।

२. अफगानिस्तान (२००१–२०२१) 

         • २० वर्षपछि पुरानै चरमपन्थी तालीवानी सत्ताको उदय।

         • तालिबानलाई हटाउने भनेर सुरु गरिएको युद्ध २० वर्षपछि तालिबानकै हातमा सत्ता सुम्पिएर टुङ्गियो।

          • $२.३ ट्रिलियन खर्च, २,४००+ अमेरिकी सैनिकको मृत्यु, घाइते र मानसिक रोगी र सुसाईड।

          • चरम मानवीय सङ्कट, लाखौँ विस्थापित।

३. लिबिया (२०११) गद्दाफीको पतनपछि अराजकता

 • आज लिबिया मानव तस्करी र चरमपन्थी गुटहरूको अखडा बनेको छ। स्थायित्व शून्य। अहिलेको अवस्था भन्दा पहिलेकै गद्दाफीको सत्ता धेरै राम्रो प्रमाणित।

४. सिरिया (२०१४ हालसम्म): असद हटाउने नाममा गृहयुद्ध

 • लाखभन्दा बढीको मृत्यु। १ करोड बढी शरणार्थी। चरम मानवीय सङ्कट ।

 • राष्ट्रपति असद भागेर रुस पलायन भएपछि , अमेरिका पछि हट्यो – ISIS- Alqueda नेता अल जुलानी राष्ट्रपति भए पछि सिरिया चरमपन्थीकै हातमा पुग्यो । अमेरिकाले सिरियन विद्रोहलाई समर्थन गर्दा असद सरकार मात्र हैन, पूरै देश भित्रबाट फुट्यो। अमेरिका समर्थित विद्रोहीहरू, रूस-इरान समर्थित सरकारी फौज, र ISIS बिचको द्वन्द्वमा ५ लाखभन्दा बढीले ज्यान गुमाए करोड बढी शरणार्थी भए । 

     •  कुर्द लडाकुहरू, जो ISIS विरुद्ध अमेरिकाका सहयोगी थिए, अन्ततः अमेरिकी विश्वासघातको सिकार बने।

५. यमन (२०१५–हालसम्म): साउदी गठबन्धनको समर्थनमा विफल युद्ध: 

 • ३.७ लाख भन्दा बढी मृत्यु।

 • हुथी विद्रोही  अझै बलियो, भोकमरी र महामारीले विश्वकै सबैभन्दा गम्भीर मानवीय सङ्कट।

२०२५ इरानमाथि अमेरिकी आक्रमण – एक नयाँ अध्याय:

२०२५ जुन २१: अमेरिकाले इरानका ३ भूमिगत न्यूक्लियर साइटहरू (Fordow, Natanz, Arak) मा Bunker Blaster (GBU-57) बमले आक्रमण गर्‍यो।

सम्भावित परिणामहरू:

 • इरानको जवाफी आक्रमण अपरिहार्य – इजरायल, अमेरिकी बेसहरू निशानामा।

 • युद्धले लेबनान, सिरिया, यमन, इराक हुँदै पूरै मध्यपूर्वमा आगो फैलाउन सक्ने सम्भावना।

 • संसारकै दैनिक २० प्रतिशत भन्दा बढी तेल सप्लाई गर्ने होर्मुज बन्दरगाह बन्द भए तेल मूल्य आकासिने, विश्वव्यापी आर्थिक सङ्कट।

 • लाखौँ मानिस फेरि शरणार्थी बन्ने, युरोप र एसिया प्रभावित हुन सक्ने।

 • सिया-सुन्नी तनाव चर्किने, धार्मिक चरमपन्थ झनै फैलिन सक्ने !!

“Greater Israel” को जाल र अमेरिकी मोहरा:

नेतान्याहू नेतृत्वको इजरायलले “Greater Israel” को सपना देख्दै गर्दा अमेरिका त्यसका निमित्त सैन्य मोहरा बन्न पुगेको छ।

     • इजरायलको आग्रह र मध्यपूर्वमा अमेरिकाको सामरिक प्रभाव कायम राख्न इराक, सिरिया, पालेस्टाइन, लिबिया, यमन, अफगानिस्तान जस्ता देशहरूको गरिएको अमेरिकी आक्रमणले अन्त्यमा ती देशहरू चरमपन्थीहरूको हातमा पुगे। 

      • युद्धको नाममा अमेरिकाले आफ्नो नाङ्गो साम्राज्य विस्तार त गऱ्यो तर परिणाम चैँ – खरबौँ डलर स्वाहा ..देशहरू ध्वस्त, मानवीय विनाश र चरम मानवीय सङ्कट बाहेक केही उपलब्धि हात लागेन। 

अमेरिकाले के पायो?

      • युद्ध उद्योग फस्टायो, हतियारको व्यापार बढ्यो। Trillions डलरको घाटा, असङ्ख्य सैनिक र नागरिकको मृत्यु र घाइते।

      • विश्वसनीयता गुमायो – मित्र राष्ट्रहरू समेत आलोचक भए।

      • नैतिक पतन – सार्वभौम देशहरूमा आक्रमण र ड्रोन हमला गरेर मानव अधिकारको गम्भीर उलङ्घन, गोन्टानामो वे जस्ता मानव सभ्यताकै खिल्ली उडाने यातना गृह बनाएर कब्जामा लिएका बन्दिहरू माथि चरम यातना दिएर संसारभरि नै बदनाम। 

         • सामरिक असफलता – भियतनाम देखी आजसम्म आक्रमण गरिएका देशहरूमा युद्ध जितिएन, लोकतन्त्र, मानवअधिकार र शान्ति स्थापना भएन।चौतर्फी असफलता र बदनाम। 

अमेरिकाले आफ्नो युद्धमुखी नीतिबाट संसारलाई के दियो?

 • लाखौँ मानिसहरूको मृत्यु र चरम मानवीय सङ्कट।

 • दर्जनौँ राष्ट्रहरूमा अस्थिरता र अरबौँको क्षति।

 • चरमपन्थको उदय।

 • विश्वव्यापी शान्तिमा खतरा।

अमेरिकाको दादागिरी अति भयो, अब World Order reset नभए सम्म विश्वमा शान्तिसँग बाँच्न करिब-करिव असम्भव ।