८ असार, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूर्व न्यायाधीशको संयोजकमा छानबिन आयोग गठन गरेर पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन्।
आज ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित गरेर नयाँ पुस्ताको मन जित्ने बताएका हुन् ।
महामन्त्री थापाले २०४६ सालको आन्दोलनपछि नेपाली काँग्रेस सत्तामा आएको बताउँदै वडाको सत्तादेखि केन्द्रको सत्तासम्म जो–जोले जिम्मेवारी लिएका छौँ एउटा संसद् बाटै सबैको विश्वासिलो आयोग बनाएर सम्पत्ति छानबिन गर्नु पर्ने बताएका हुन्। उनले कुनै पनि दल नभनेर निष्पक्ष काम गर्ने मान्छे छानेर जिम्मा दिनु पर्ने बताएका हुन्। यस्तो नगरे अब नयाँ जेन-जी पुस्ताले कसैलाई नपत्याउने समेत बताएका हुन्।