८ असार, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा पशुपति विकाश कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएको उनीहरू माथि आरोप छ। उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियारको आरोप छ।