समाचार

पूर्ववडा सदस्यलाई खोलाले बगायो

८ असार, बाजुरा। गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए । पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो ।

प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताए ।