९ असार, काठमाडौं । शिक्षक महासङ्घका पदाधिकारीहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न उनकै निवास खुमलटार पुगेका छन्। विद्यालय शिक्षा विधेयक घोषणा गर्ने समय नजिकिँदै गर्दा उनीहरू खुमलटार पुगेका हुन्।
भेटमा महासङ्घका प्रतिनिधिहरूले सरकारले महासङ्घसँग गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको बताएका थिए। अध्यक्ष दाहालले शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्न आवश्यक रहको भन्दै आफ्नो दलले दुई बुँदे सहमति गरेर संसद् खुलाएको बताएका थिए। कुनै पनि बहानामा शिक्षा विधेयक नरोकियोस् भनेर संसद् सुचारु गरेको अध्यक्ष दाहालको भनाइ थियो। शिक्षकका जायज मागहरू सर्तबिना पूरा हुनुपर्ने र प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आफ्नो दलको सुझाव रहेको बताएका थिए।
महासङ्घका पदाधीकारीहरुले आफूहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन गराउन विपक्षी दलले बलियो साथ आफूहरूले राखेको भन्दै सरकारलाई घचघच्यान आग्रह गरेका थिए।