९ असार, काठमाडौं। असार १५ गतेलाई तय भएको नेपाली केन्द्रीय कार्यसमिति बैठक सरेको छ। बैठक १६ गते सोमबार दिउँसो १ बजे नै बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलगायतका विषयमा छलफल हुने बताइएको छ।