समाचार

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन अमला रोका 

९ असार, काठमाडौँ। अदालतले  २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएर रिहा भएलगत्तै अमला रोका पुनः पक्राउ परेकी छन् ।  उनलाई ६१  किलो सुन तस्करी प्रकरणमा प्रहरीले टोखाबाट गत शुक्रबार पक्राउ गरेको थियो। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि सम्पत्ति शुद्धीकरण विभागबाट  पक्राउ गर्न पत्र आएकाले पुनः पक्राउ गरिएको हो। 

उनी सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् ।