१० असार, काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम भएको घोषणा गरे लगत्तै इरानले इजरायल माथि आक्रमण गरेको छ। युद्धविराम घोषणालाई इरानी अधिकारीहरूले खण्डन गरिरहेका थिए। सोही समयमा इरान आफू युद्धविरामको पक्षमा नरहेको जनाउन इजरायलमा आक्रमण गरेको हो ।
इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। मिसाइल प्रहार भएका स्थानमा साइरन बजाइएको छ भने कतिपय मिसाइललाई आकाश मै रोक्ने प्रयास भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।