खेलकुद

यू-१६ क्रिकेट: नेपालको घातक बलिङ्ग, जापान ८० रनमा अल-आउट

१० असार, काठमाडौं । नेपाललाई जापानले ८१ रनको लक्ष दिएको छ। नेपालका बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भयो । कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए ।

नेपालक लागि शुभम खनालले १० ओभरमा १५ रन मात्र दिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।