समाचार

भिजिट भिसा प्रकरणमा छ सदस्य उच्चस्तरीय समिति गठन भएको छ: गृहमन्त्री लेखक 

१० असार, काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संसद्मा सम्बोधन गरिरहेका छन्।  उनले भिजिट भिसा प्रकरणमा भएका दुई बुँदे सहमति अनुसार छानबिन समिति गठन भएको जानकारी दिएका छन्।  

गृहमन्त्री लेखकले आफ्नो पहलमा अध्यागमन र भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई असर नपार्ने गरी अर्को उच्चस्तरीय समिति गठन भएको जानकारी दिए।  नेपाल सरकारमा पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा छ सदस्य समिति गठन भएको हो।