१० असार, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा बनेको उच्चस्तरीय छानबिन समितिलाई स्वीकार गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उपमहासचिव वर्षामान पुनले सरकारले बनाएको समिति स्वागत योग्य भएको बताए।
पुनले आफूहरूसँग भएको सहमति अनुसार समिति बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएका थिए।
यस अघि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडानमा रहेको माओवादी केन्द्र दुई बुँदे सहमति गर्दै एकाएक युट्रन भएको थियो। माओवादीको उक्त निर्णय आफैलाई भारी पर्दै आएको छ।
‘