स्वास्थ्य

कोरोना भाईरसका कारण अस्पतालमा उपचार गराउँदा गराउँदै एक महिलाको निधन

१० असार, बिराटनगर । इलामको सुर्योदय नगरपालीकाकी एक महिलाको आज निधन भएको छ ।
कोरोना संक्रमीत रहेको बताईने ३९ बर्षिया महिलाको नोबेल अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको प्रवन्धक दिपेश राईले पुष्टी गरेको बताईएको छ ।

चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसको प्रभाव अहिलेसम्म पनि बिश्वभरबाट निराकरण हुन सकेको छैन ।
नेपालमा पनि कोरोना भाईरसकान कारण निधन हुनेको संख्या धेरै नै रहेको छ । पछिल्लो समय यस रोगका कारण निधन हुनेको सख्या शून्य रहेपनि आजको एक महिलाको निधनले सर्बसाधारणलाई त्रसित बनाएको छ ।