१० असार, काठमाडौँ। सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। पूर्व मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा समिति गठन भएको हो।
यस समिति छ सदस्य हुने बताइएको छ। विभिन्न मन्त्रालयबाट प्रतिनिधित्व हुने गरी समितिमा सदस्य बनाइएको छ। समितिलाई छानबिनको लागि एक महिनाको समय सीमा दिइएको छ। भने नौ वटा कार्यादेश दिएको गृहमन्त्री रमेश लेखकले बताएका छन्।
वैरागीको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज सिलवाल सदस्य छन्। समितिमा सदस्यमा कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन्।