राजनीति

पार्टी एकताबारे छलफलमा जुटे माओवादी र एकीकृत समाजवादी 

१० असार, काठमाडौँ।  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू पार्टी एकता र समसामयिक राजनीतिक घटना क्रमका विषयमा छलफल गर्न सिंहदरबारमा जुटेका हुन्। 

छलफलमा दुई अध्यक्षसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका  वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाल सहभागी  भएका थिए। 

पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच एकता गर्ने चर्चा चलेको छ।  सोही विषयमा छलफल गर्न आजको छलफल बोलाइएको बताइन्छ।