१० असार, काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। अध्यक्ष यादवले वर्तमान सरकारलाई समर्थन फिर्ता लिएको बताएका हुन् ।
आज भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको आरोप लगाए।
यादवले ओली नेतृत्वको सरकारको कडा आलोचना गरेका हुन्। उनले यो सरकारलाई समर्थन दिएकोमा पछुतो रहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको जानकारी दिएका हुन् ।