१० असार, काठमाडौँ । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली, उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्र मार्फत छानवीन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्छ भनेका छन् ।
चर्चित भिजिट भिसा प्रकरणमा एक जना पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको हास्यस्पद ‘छानवीन समिति’ ले सत्ताधारी र प्रमुख प्रतिपक्षी दलरनेताहरूको राज्यदोहनकारी र छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको उनले भनेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्ः चर्चित भिजिट भिसा प्रकरणमा एक जना पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको हास्यस्पद ‘छानवीन समिति’ ले सत्ताधारी र प्रमुख प्रतिपक्षी दलरनेताहरूको राज्यदोहनकारी र छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको छ।
जनयुद्ध शुरू गर्नु पहिले हामी तत्कालीन राजतन्त्र सहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ भनेर भण्डाफोर गर्थ्यौं र जनताको वास्तविक सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको पैरवी गर्दथ्यौं।
तर आज जनताको त्यत्रो बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई ुपुराना जोगीुमाथि एक ‘नयाँ जोगी’ थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्दि (कमन सेन्स) माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन सक्दैन।
अब भिजिट भिजा प्रकरण मात्र हैन यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली, उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्र मार्फत छानवीन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्छ।
