११ असार, काठमाडौँ। पतञ्जलि आयुर्वेद जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाको प्रतिवाद गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा हाजिर भएका छन्।
नेपाल आज बुधवार विशेष अदालतमा हाजिर भएका हुन्।
नेपाल प्रधानमन्त्री भएको बेला पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैर-नाफामूलक कम्पनीका लागि गैर-कानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको थियो।
अख्तियारले दायर गरेका चारवटा कसुरमध्ये माधव नेपाललाई एउटा कसुरमा प्रतिवादी बनाइएको छ।
पतञ्जलिको नेपाल कार्यालयका केही अधिकारी, जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैर कानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो।