११ असार, काठमाडौँ। आज बिहान विशेष अदालतमा हाजिर भएका पूर्व प्रधानमन्त्री माधव नेपालको बयान सुरु भएको छ। पतञ्जलि योगपीठ जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दामा मुछिएका उनको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा सुरु भएको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैर-नाफामूलक कम्पनीका लागि गैर कानुनी रूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको दाबी गरी पूर्व प्रधामन्त्री नेपाल लगायतलाई अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको थियो।