११ असार, काठमाडौं। श्री नेपाल बीमा प्राधिकरणको अध्यक्ष श्री शरद ओझाज्यूवाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।
कम्पनीको मिति असार ५ गते भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन्।
श्री नेपाल बीमा प्राधिकरणको अध्यक्षज्यूवाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा श्री नेपाल बीमा प्राधिकरणको अध्यक्षज्यूलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त समारोहमा श्री नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक श्री सुशील देव सुवेदीज्यू र श्री नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीज्यूको उपस्थिती रहेको थियो ।
कम्पनी सचिव