११ असार, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले लिएको उपप्राध्यापक पदको लिखित परीक्षामा अत्यन्तै न्यून परीक्षार्थी पास भएका छन् । १७१० जनाले दिएको परीक्षामा जम्मा एक सय २० जना उत्तीर्ण भएका हुन्।
यो जम्मा परीक्षार्थीको ७ प्रतिशत हो। १७१० जनाले परीक्षा दिँदा १२० जना मात्रै पास भएका हुन।
यस्तो छ नतिजा:
-व्यवस्थापनतर्फ माग भएको सङ्ख्या ७५ जना, परीक्षा दिने ३६८ जना र उत्तीर्ण जम्मा ५ जना रहेका छन्।
-कानु तर्फ माग भएको सङ्ख्या २२ जना, परीक्षा दिने ३० जना र उत्तीर्ण ० (शून्य) जना।
-शिक्षातर्फ माग भएको सङ्ख्या ७ जना, परीक्षा दिने ८३ जना र उत्तीर्ण ० (शून्य) जना।
-अङ्ग्रेजी तर्फ माग भएको सङ्ख्या २५ जना, परीक्षा दिने २४८ जना र उत्तीर्ण १० जना।
-मैथिली तर्फ शून्य पास।
-स्वास्थ्य शिक्षा तर्फ माग भएको सङ्ख्या ३ जना, परीक्षा दिने ५४ जना र उत्तीर्ण १ जना।
-सूचना प्रविधिमा माग भएको सङ्ख्या ५ जना, परीक्षा दिने १६ जना र उत्तीर्ण ० (शून्य) जना।
-शैक्षिक योजना तथा व्यवस्थापनमा माग ४ जना, परीक्षा दिने २२ जना र उत्तीर्ण १ जना।
-जनप्रशासनमा माग ८ जना, परीक्षा दिने २१ जना र उत्तीर्ण १ जना।
-विज्ञान विषयमा माग भएको सङ्ख्या ४ जना, परीक्षा दिने १६ जना र उत्तीर्ण ० (शून्य) जना।
-राजनीतिशास्त्र शिक्षा: माग १ जना, परीक्षा दिने २ जना र उत्तीर्ण १ जना।
-भूगोल शिक्षामा माग १ जना, परीक्षा दिने १ जना र उत्तीर्ण १ जना।
-पाठ्यक्रम तथा मूल्याङ्कन: माग २ जना, परीक्षा दिने १९ जना र उत्तीर्ण ० (शून्य) जना।
-अर्थशास्त्र शिक्षा:माग ४ जना, परीक्षा दिने ११ जना र उत्तीर्ण ० (शून्य) जना।
-गणित शिक्षा: माग ८ जना, परीक्षा दिने ३८ जना र उत्तीर्ण २ जना।
-नेपाली शिक्षा: माग ८ जना, परीक्षा दिने ७३ जना र उत्तीर्ण ४ जना।
-अङ्ग्रेजी शिक्षा: माग १४ जना, परीक्षा दिने ११२ जना र उत्तीर्ण १४ जना।
-समाजशास्त्र: माग १२ जना, परीक्षा दिने ९३ जना र उत्तीर्ण १८ जना।
-अर्थशास्त्र: माग १५ जना, परीक्षा दिने १०५ जना र उत्तीर्ण १४ जना।
-जनसंख्या अध्ययन: माग ५ जना, परीक्षा दिने ४७ जना र उत्तीर्ण ६ जना।
-दर्शनशास्त्र: माग १ जना, परीक्षा दिने ३ जना र उत्तीर्ण १ जना।
-नृत्य:माग १ जना,परीक्षा दिने ३ जना र उत्तीर्ण १ जना।
-नेपाली भाषा:माग १ जना, उत्तीर्ण ३ जना।
-नेपाली विषय : माग ८ जना, परीक्षा दिने ९४ जना र उत्तीर्ण ८ जना।
-पत्रकारिता:माग ३ जना, परीक्षा दिने ११ जना र उत्तीर्ण २ जना।
-भूगोल: माग २ जना, उत्तीर्ण १ जना ।
संस्कृति, सङ्गीत, मानव शास्त्र, मनोविज्ञान, नेपाली, नेपाल भाषा, जनसङ्ख्या अध्ययन, चित्रकला, विषयमा मागेको भन्दा केही धेरैले परीक्षा उत्तीर्ण गरेका छन्। यी विषयमा पनि धेरैले उत्तीर्ण गरेका भने होइनन्। मानव शास्त्रमा १ जनाको पदमा २ जनाले लिखित उत्तीर्ण गरेका छन्।