११ असार, काठमाडौँ। एकीकृत समाजवादी पार्टीमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ। उनलाई पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनी आज बयानका लागि अदालत हाजिर भएका हुन्।
अध्यक्ष नेपालको पक्षमा बहस गर्न १०० जना भन्दा बढी वकिलले नाम टिपाएका छन्। तर बहसमा भने ६ जनाले मात्रै भाग लिन पाउने भनिएको छ। थुनछेक बहस पछि आजै आदेश आउने बतैएको छ।