११ असार, काठमाडौं। आज बसेको नेकपा एमालेको सचिवालय बैठकले नेता बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई गरेको निलम्बन फुकुवा गरेको छ।
एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनामाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि गत पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसिएको थियो।