गण्डकी प्रदेश

गण्डकी प्रदेशसभा: बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची

१२ असार, गण्डकी। गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ ।

प्रदेशसभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए।

वटा मन्त्रालयका मन्त्रीले आज र बाँकीले शुक्रबारको बैठकमा जवाफ दिने जानकारी दिए । यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेशसभामा छलफल सुरू भएको थियो । बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेट पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।