समाचार

मुकुल ढकालको रिटमा सर्वोच्चको आदेश: १७ गते दुवैपक्ष छलफलमा आउनु !

१२ असार, काठमाडौँ।  मुकुल ढकालले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले रास्वपासहितका विपक्षीहरूलाई छलफलमा बोलाएको छ। आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा फर्काउन माग गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए। 

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले असार १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको हो। 

रास्वपाले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएपछि उनले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई बुधवार सर्वोच्चमा रिट दर्ता गराएका थिए। 

ढकालले आफूलाई रास्वपाको महामन्त्रीमा कायम गर्नु पर्ने भन्दै अदालत गएका थिए।