१२ असार, काठमाडौँ । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न समितिको बैठक जारी छ। प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक बस्नु अघि उपसमितिको बैठक बसेको थियो भने अहिले समितिको बैठक बसिरहेको हो।
विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति उपसमितिको बैठक बसेको थियो भने निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीबारे सहमति गर्न उपसमिति र विज्ञसहित बैठक बसेको हो। बैठकले विवादित विषयलाई टुंगो लगाएर भोली संसद् बैठकमा पेस गर्ने तयारी गरेको छ।
आज बसेको उपसमिति र विज्ञहरूको बैठकले धेर कुरामा सहमति जनाएको बुझिएको छ। गत वैशाख १७ गते शिक्षक महासङ्घसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भए अनुसार मन्त्रालय आफ्नो काम अघि बढाई रहेको छ ।