समाचार

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

१२ असार, काठमाडौं । नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

असार १ गते पक्राउ परेकी उनलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको हो।

उनीमाथि टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोप लागेको थियो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार कसुर (साइबर क्राइम) मा अनुसन्धान गरेको थियो।