१३ असार, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा सकेसम्म छिटो आजै सार्वजनिक गर्ने तयारी भइरहेको छ।
एसईईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै छ।
गत वर्षको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
यस वर्ष असार ६ गतेभित्रमा एसईईकाे नतिजा सार्वजनिक गर्नेगरी बोर्डले कार्यतालिका बनाएको शिक्षकहरुले काठमाडौँमा गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो।