१४ असार, काठमाडौँ। आज बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समिति प्रति असन्तुष्टि प्रकट गर्दै रास्वपाले न्यायिक छानबिन आयोग बनाउनु पर्ने भन्दै उठेर विरोध गरेका हुन्।
संसद्मा दलको तर्फबाट बोल्दै सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा न्यायिक आयोग नबन्दा सम्म आफ्नो दलको अवरोध जारी रहने बताए।
रास्वपाको अवरोधका बिच संसद् बैठक चलिरहेको छ। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकलाई सम्बोधन गरिरहेका छन्।
बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न सुरु गरेपछि दुवै दलका सांसदहरु बैठक छाडेर बाहिरिएका छन्।