समाचार

शिक्षा विधेयकमा सहमति जुटाउन समिति सक्रिय-सहमति अनुसार ऐन जारी गर्नुपर्ने अन्तिम मिति भोलि

१४ असार, काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन आज पनि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बैठक बस्दै छ।  शनिवार सार्वजनिक बिदाको दिन पनि विवादित बाकी विषयलाई टुंगोमा पुर्‍याउन बैठक बस्न लागेको हो। 

हिजो बसेको बैठकले कतिपय विषयमा सहमति जुटाएको छ भने बाकी विषयमा आज सहमति  जुटाउने प्रयास हुने छ। सहमति जुटाउन सांसदहरू शनिवार पनि सक्रिय भएका हुन् ।

 वाल विकासलाई दुई वर्षे बनाउनेमा  सहमति बनेको साथै वाल विकास पढाउनेलाई शिक्षकको रूपमा मान्यता दिने विषयमा भने छलफल जारी रहेको बताइएको छ।  यता निजी विद्यालयको सम्बन्धमा सहमति जुटेको छ । हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई क्रमशः लोककल्याणकारी र सेवामुल बनाउँदै लैजाने भनी सहमति बनेको हो। 

सरकार र शिक्षक महासङ्घबिच भोलि असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक जारी गर्ने सहमति भएको थियो।