राजनीति

एमाले तहसनहस हुने आश कसैले नगरे हुन्छ: प्रधानमन्त्री ओली 

१४  असार, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमाले एक भएर जाने बताएका छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदन जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्या भण्डारी र आफूले एमाले एक बनाएर लाने बताएका हुन्। 

 प्रधानमन्त्री ओलीले  जननेता  मदन भण्डारीलाई आफूहरूले चौथो महाधिवेशनमा महासचिव बनाएको बताए।  उनले  भण्डारीलाई महासचिव बनाउनु सार्वजनिक महत्वको कुरा भएको समेत  बताए। 

उनले मदन भण्डारीले ठुलो त्याग सङ्घर्ष गरेर नेता बनेको समेत बताए।