समाचार

प्रधानमन्त्रीद्वारा मनमोहन अधिकारीको शालिक अनावरण

१४ असार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरेका छन्।

नागार्जुन नगरपालिका-७ मा आयोजित एक समारोहमा उनले मनमोहन पार्क उद्घाटन गर्दै अधिकारीको शालिकमा माल्यापर्ण गरे । नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने नेताका रुपमा आफ्नो परिचय बनाउनुभएका पूर्वप्रधानमन्त्री अधिकारी सरल र सादगी जीवन अङ्गालेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संस्थापक नेतामध्येका एक अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा नौ महिना शासन गरेको थियो । नेपाली राजनीतिमा उनले पुर्‍याएको योगदानको सम्मान गर्दै पार्क निर्माण गरिएको हो ।