अन्तर्राष्ट्रिय

पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु

१४ असार, काठमाडौं। पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र बाढीका कारण बालबालिका र महिलासहित ११ जनाको मृत्यु भएको छ।

खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन निकायका अनुसार पछिल्लो २४ घण्टामा आएको आकस्मिक बाढी र पहिरोले चार बालबालिका र तीन महिलासहित ११ जनाको ज्यान लिएको छ भने अन्य ६ जना घाइते भएका छन्।

बाढीका कारण ५६ वटा घरमा क्षति पुगेको छ भने ६ वटा घर पूर्ण रूपमा भत्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्रिय जलवायु तथा मौसम विभागले मङ्गलबारसम्म अझै भारी वर्षा र आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ।