राजनीति

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने नेकपा एसको निर्णय, गर्लिन् त एमालेमा प्रवेश ? 

१८ असार, काठमाडौँ । सिनो बोकेर नसकिने अभिव्यक्ति दिएर आलोचित भएकी नेकपा समाजवादीकी नेतृ एवम् पुर्वमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने भएको छ । 

समाजवादी पार्टीका सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीलाई तीन दिन भित्र जवाफ दिन भनिएको छ र उक्त दिनभित्र जवाफ नदिए पार्टीले कारबाही गर्नेछ । नेकपा समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको पतञ्जलिको जग्गा खरिद प्रकरणमा दिएको विभिन्न मिडियाको अन्तरवार्ताको विषयलाई लिएर झाँक्रीलाई स्पष्टीकरण सोधिएको हो । 

झाँक्रीले स्पष्टीकरण नदिए पार्टीबाट निष्कासन हुने तथा चित्तबुझ्दो जवाफ नदिए विभिन्न प्रकारका कारबाही हुन सक्ने अनुशासन आयोगले बताएको छ । नेतृ झाँक्री नेकपा एमालेमा प्रवेश गर्ने हल्ला चले पनि अहिलेसम्म आधिकारिक रूपमा भने उनी प्रवेश गरेकी छैनन् ।