२० असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार १६ देखि शुरू भएको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, लतिलपुरमा आज जारी रहेको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरू, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, राजीव कोइराला, सुशिला ढकाल (आचार्य), दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुंगाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्राडा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, डा. गंगालक्ष्मी अवाल, सुशिला थिङ, , शान्ति परियार विक, डा. जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित रुपमा बैठकमा सहभागी मन्त्रीहरु— तेजुलाल चौधरी (युवा तथा खेलकूद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) ले आ–आफ्नो धारणा राखेका थिए ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २२ गते विहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
