२२ असार, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार १६ देखि शुरू भएको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, लतिलपुरमा आज पनि बसेको छ ।
आजको बैठकमा सह महामन्त्रीहरू— फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुंगाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शंकर भण्डारी, धु्रव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु वास्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रुपमा बैठकमा सहभागी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आ–आफ्नो धारणा राखेका थिए ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २३ गते दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।