राजनीति

सत्ता साझेदार दुई दलका शीर्ष नेताहरुबीच छलफल

२४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले( महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमालसहभागी छन् । 

उनीहरुबीच समसामयिक परिस्थिति, बाढी पहिरो र डुुबानको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।