२५ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय नेविसंघले उपकुलपति नियुक्ति अपारदर्शी भएको भन्दै त्यसको कडा विरोध गरेको छ ।
आज त्रिभुवन विश्वविद्यालय समितिका सभापति विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै उपकुलपति नियुक्ति प्रक्रियाको अपारदर्शी भएको भन्दै विरोध जनाएका हुन् ।
नेविसंघले भिजनबिना नै प्रा डा दीपक अर्याललाई उपकुलपति नियुक्ति गरिएको भन्दै उक्ता नियुक्ति प्रक्रिया दुर्भाग्यपूर्ण भनेको छ ।
मेरिटोक्रेसीका आधारमा नियुक्ति हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र अनुसन्धान भन्दा राजनीतिमा केन्द्रित भएको आरोप लगाइएको छ ।
पारदर्शी प्रक्रियाका आधारमा विश्वविद्यालयको उपकुलपति नियुक्ति नगरिए त्यसको कडा प्रतिवाद गर्दै आन्दोलनमा उत्रन बाध्य हुने नेविसंघले चेतावनी दिएको छ । तीन जना प्रा डा खड्ग केसी, प्रा डा दीपक अर्यालसहित तीन जना उपकुलपतिका लागि सिफारिस भएको भोलीपल्ट आज प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका हुन् ।
नेपाली काँग्रेसको भातृ संस्था नेविसंघ र नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी शर्मा ओलीबिच उपकुलपति नियुक्ति प्रक्रियाका कारण काँग्रेस सभापति शेरबहादुर देउवासमेत रुष्ट हुने सङ्केत देखिएको छ। उपकुलपति नियुक्ति काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थनबिना भए सरकारसमेत ढल्न सक्ने अनुमान राजनीतिक वृत्तमा लाग्न थालेको छ ।
