ब्रेकिङ न्युज

काँग्रेसले गर्‍यो स्थानीय स्तरमा लोकप्रिय नेताहरूलाई कारबाही, देखिए काँग्रेसको अनुशासन समितिमा विनोद चौधरी हाबी

२५ असार, काठमाडौँ । नेपाली काँग्रेसको अनुशासन समितिले स्थानीय स्तरमा कार्यकर्ता तथा सर्वसाधारण जनताले पत्याएका जिल्ला सभापति, पूर्व जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापतिलगायतका नेताहरूलाई पछिल्ला निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरिएको छ । 

केन्द्रीय सदस्य आनन्द प्रसाद ढुङ्गाना संयोजक तथा राजीव कोइराला, सञ्जय प्रसाद गौतक, ईश्वरी न्यौपाने, ध्रुव वाग्ले गरी पाँच सदस्यीय समितिको असार ९ गतेदेखि असार १७ गतेसम्म पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले कारबाही गरेको हो । 

केन्द्रीय सदस्यहरू राजीव कोइराला तथा सञ्जय गौतमको असहमतिमा संयोजक ढुङ्गानाले अनुशासन समितिका बहुमत सदस्यहरूको आडमा २१ सय उजुरीमध्ये १८ जनालाई कारबाही गरेका छन् । 

लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल वरिष्ठ नेता डा कोइराला निकट मानिन्छन् भने खोटागं सभापति विष्णु राई, कास्की जिल्लका पूर्व सभापति कृष्ण केसीलगायत कारबाहीमा परेका छन् । 

डा कोइराला पक्षको असहमतीका बापदुत कारबाहीमा परेका १८ जना रहेका छन् भने विक्रम खनालले आफूलाई हराउन लागेको आरोप लगाउँदै उद्योगपति विनोद चौधरीले अनुशासन समितिमा निवेदन दिएका थिए । 

५० जिल्लामा नेपाली काँग्रेसको विवाद हुँदै निवेदन परेको अवस्थामा यो निर्णय भएको हो । उद्योगपति विनोद चौधरी अनुशासन समितिमा हाबी देखिएका छन् । डा कोइराला पक्षले कारबाही नगर्न भन्दाभन्दै पनि देउवा पक्षले कारबाहीको बाटो अङ्गालेको आरोप डा कोइराला पक्षको समितिका सदस्य सदस्य सञ्जय गौतमले बताए । कारबाही ३ महिना, ६ महिना तथा एक बर्ष राखिएको पूर्वमन्त्रीसमेत रहेका ढुंगानाको विज्ञप्तीम उल्लेख छ ।