राजनीति

वरिष्ठ नेता डा कोईरालाले भने, ‘अनुशासन आयोगका नाममा काँग्रेस नेताहरुलाई कारबाही गर्नु अमान्य’

२६ असार, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले अनुशासन समितिले १८ जना नेपाली काँग्रेसका बिभिन्न नेताहरुलाई कारबाही गर्नु सही नभएको बताएका छन् ।
उनले अनुशासन समितिले पूर्वाग्रही ढंगले कारबाही गरेको भन्दै न्यसलाई नमान्ने बताएका छन् । आज बसेको शा कोईराला पक्षको बैठकपछि उक्त प्रक्षले हिजो तीनमहिना, ६ महिता तथा एक बर्ष कारबाहीमा परेका नेताहरुलाई बचाउ गर्दै कारबाही गलत भएको निर्णय गरेको हो ।
उनले भने ‘उजुरी, निवेदन परेको समय अवधिको हिसाबले ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने विधानले भनेको छ, त्यो पनि घन्टा मिनेट नै गनेर, त्यो अनुरूप नभएको भएर यो (कारबाही) वैधानिक छैन भन्ने कुरामा छलफल भयो’