२६ असार, काठमाण्डौं ।
सेयर बजार परिसूचक नेप्से फाल्गुन यताकै उच्च बिन्दुमा पुगेको छ । आज मात्रै २५.८९ अंक बढेर २७३१ बिन्दुमा पुगेको छ ।
२८ फागुन २०८१ मा सेयर बजार २७३६ अंकमा रहेको थियो । त्यसयता २७३० भन्दा माथि उक्लिन सकेको थिएन ।
आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो ।
नया आर्थिक बर्ष सुरुवात हुन लाग्दा सेयर बजारमा हरियाली छाएको छ ।