राजनीति

सिनेट बैठकमा विद्यार्थी प्रतिनिधि नबोलाएकोमा नेबिसंघको प्रधानमन्त्रीविरुद्ध विरोध, चरणबद्ध आन्दोलन गर्ने चेतावनी

२६ असार, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले सिनेट बैठकमा विद्यार्थीलाई निषेध गरेकोप्रति कडा विरोध गरेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजागं शेर्पाले विज्ञप्ति जारी गर्दै उक्त सिनेट बैठकमा विद्यार्थी प्रतिनिधिलाई सहभागी नगराइएको प्रति आपत्ति जनाएको हो ।

अध्यक्ष शेर्पाले विद्यार्थीको आवाजलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका सभापति दीपकराज जोशीलाई नबोलाइएको अवस्थाबाट नेपाल विद्यार्थी सङ्घ कुलपति एवं प्रधानमन्त्तीसँग समेत कुद्ध बनेको छ । 

नेविसंघले उपकुलपति नियुक्तिको बिषयमा समेत अपारदर्शी भएको भन्दै विरोध जनाएको अवस्था छ । सिनेट बैठकमा समेत नडाक्नुले अवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालको पदीय भबिस्यमा समेत सङ्कट पर्ने अनुमान त्रिभुवन विश्वविद्यालय अध्ययनरत बिद्यार्थीहरुले लगाएका छन् ।  अध्यक्ष शेर्पापछि त्रित्रि स्वतन्त्र विद्यार्थी यूनियनका सभापति दीपकराज जोशीले पनि विज्ञप्ती प्रकाशन गरेर उक्त सिनेट बैठकमा बिद्यार्थी प्रतिनिधि समाबेश नगरिएकोमा बिरोध जनाएका छन् ।

उपकुलपति नियुक्ति नसच्याइए प्रधानमन्त्रीविरुद्ध कडा आन्दोलन गर्ने नेविसंघकाे चेतावनी

त्रिभूवन विश्वविद्यालयको उपकुलपतिमा डा दिपक अर्याल नियुक्त