५ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार २१ दशमलव ७६ अंकले बढेको छ ।
सोमबार ० दशमलव ७५ प्रतिशतले बढेको नेप्सेले जनाएको हो । बजार बढेर नेप्से परिसूचक २ हजार ८ सय ९२ दशमलव ७२ पुगेको हो । सोमबार बजारमा उच्च वृद्ध हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ५६ लाख ४९ हजार २ सय २१ कित्ता शेयर कारोबार भएको छ ।
सोमबार १ सय ५३ वटा कम्पनीको शेयर मूल्य बढेको नेप्सेले जनाएको हो । ९६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन ।
सोमबार दिनैभरी ३ सय ११ वटा कम्पनीको कारोबार हुँदा १ लाख ३८ हहजार ८ सय २८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।





