६ साउन, काठमाडौं । सेयर बजार मंगलबार सेयर बजार ८० दशमलव ९७ अंकले बढेको छ ।
सोही वृद्धीपछि नेप्से परिसूचक २ हजार ९ सय ७३ दशमलव ७० अंकमा पुगेको हाे । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ७९ प्रतिशतले बढ्दा कारोबारमा पनि उछाल आएको छ । मंगलबार २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको ४ करोड ३५ लाख ८१ हजार २ सय २८ कित्ता शेयर कारोबार भएको हाे ।
बजार बन्द हुँदा २ सय ३६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । १४ वटा कम्पनीको शेयर मूल्य भने घटेको नेप्सेले जनाएकाे हाे । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३ सय १९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ७७ हजार १ सय १ पटक शेयर किनबेच भएको हाे ।
मंगलबार उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ६३ प्रतिशतले सबै भन्दा बढी र म्युचुअल फण्ड ० दशमलव ५६ प्रतिशतले बढेको नेप्सेले जनाृकाे छ।





