आर्थिक

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६औं वार्षिकोत्सव सम्पन्न

७ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच मंगलबार सम्पन्न भएको छ ।

पेशागत महासंघका अध्यक्ष पुण्य प्रसाद ढकालले एक समारोहकाबीच वार्षिकोत्सब मूल कायक्रमको समूद्घाटन गरेका हुन् । सोही अवसरमा अध्यक्ष ढकालले राज्य तथा रोजगारदाताले श्रमिकको रोजगारी र सेवा सुविधामा ध्यान पुर्याउन सकेको खण्डमा उत्पादकत्व वृद्धिमा स्वतः सहयोग पुग्ने बताएका थिए । बैंकमा हाल भइरहेको आन्दोलनमा महासंघको ऐक्यवद्धता जनाउदै अध्यक्ष ढकालले आवश्यक पहलकदमी लिइने र तार्किक निष्कर्षमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेले सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेका विषयहरु तत्काल सम्बोधन हुनुनपर्ने अन्यथा थप कडा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिने बताएका हुन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा संघका पूर्वअध्यक्ष शिव कुमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका नवनियूक्त अध्यक्ष देवकुमार ढकाल, निमित्त प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरी घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह र नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्वद्र्धनका विषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।
कार्यक्रममा संघको कर्णाली प्रादेशिक समितिलाई कार्य सम्पादन मूल्यांकनमा उष्कृष्ट भए बापत रनि शिल्ङ प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय बाणिज्य बैंकको सन्दर्भमा योगदानमा आधारित उपदानः कर्मचारीमा परेको प्रभाव र समाधानका उपायहरु’ विषयक निबन्ध प्रतियोगितामा जानकी कुमारी न्यौपाने प्रथम भएकी थिइन् ।