७ साउन, काठमाडौं । सारथी केवल इन्डष्ट्रिज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासनका लागि (आईपीओ) सम्बन्धी सम्झौता सम्पन्न गरेको छ।
काठमाडौंको होटल मेरियटमा बुधबार एक औपचारिक कार्यक्रमकाबीच नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदम स्वरूप सोही सम्झौता सम्पन्न भएको हो । जसमा सम्झौतापत्रमा सारथी केवल इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सारथीले आगामी आर्थिक वर्ष २०८२/०८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यस आईपीओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने भएको हो। आईपीओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलो पटक भूमिगत केबल उत्पादन सुरु गर्दै नेपालमा विद्युत सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुने जनाइएको छ ।
त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी एल्युमीनियम फर्नेस संयन्त्र जडानगर्ने लक्ष्य लिएको छ। जसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने भएको हो । यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ। सारथीले विगत १८ वर्ष देखि नेपालकै सबै भन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरू मध्ये एक अग्रणी कम्पनी हो।
देशको विद्युत उत्पादन र आपूर्तिमा दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने जारी विज्ञप्तिमा भनिएको छ।





