८ साउन, एजेन्सी । पछिल्लो समय थाइल्याण्ड र कम्बोडियाबीच तनाव बढेर गएको छ ।
दुई देशबीचको सीमामा गोली चलेपछि थाइल्याण्डले कम्बोडियामा हवाइ आक्रमण गरेको हो। एफ–१६ लडाकु विमानले कम्बोडियामा रहेको सैन्य निशानामा आक्रमण गरेको थाई सेनाले बताएको छ । कम्बोडियाकोे रक्षा मन्त्रालयले भने थाई विमानले सडकमा दुई बम खसालेको जनाएको हो ।
दुवै मुलुकले एक अर्कामाथि झडपको स्थिति सिर्जना गरेको आरोप लगाएका छन् । थाइल्याण्डले कम्बोडियासँगको सीमा पनि बन्द गरेको हो । गत बुधबार थाइल्याण्डले कम्बोडियाबाट राजदूत समेत फिर्ता बोलाएको थियो ।
थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार कम्बोडियाली फौजले आक्रमण गरेको दावी गरेको छ ।





