११ साउन, एजेन्सी । कम्बोडिया र थाइल्यान्डेबीच सीमा नाकामा झडप भएपछि युद्ध विरामका लागि सहमत भएका छन्।
आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध विराम भएको बताएका छन्। यसअघि हप्ताको शुरुवातमा नै राष्ट्रपति ट्रम्पले आफूले दुवै पक्षका नेतालाई भेटेर युद्ध विरामको पहल गरेको बताएका थिए।
सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने उनले चेतावनी समेत दिएका थिए। यसै महिनाको शुरुवातमा नै ट्रम्पले आगामी अगस्ट १ तारिखदेखि लागू हुने गरी थाइल्यान्ड र कम्बोडियामा पुग्ने अमेरिकी समानमा ३६ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।
आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले एक विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको समेत बताएका छन् । उनले युद्ध विरामका लागि प्रयास गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद समेत दिएका हुन्।
प्रधानमन्त्री मानेतले यसका लागि आसियनको नेतृत्व गरिरहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि प्रयास गरेको जानकारी गराएका छन्।





