१३ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ ।
आगामी पुस १६ गतेसम्म मात्र राष्ट्रसंघको इराक ‘मिसन’सञ्चालन गर्ने योजना अनुसार २७ जनाको अन्तिम टोली मंगलबार स्वदेश फिर्ता भएको हो ।
नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयले यस अघि इराक मिसनबाट ३ वटा टोलीको स्वदेश आगमन भइसकेको जनाएको छ।






