आर्थिक

आईएमई लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट व्यवसाय गर्ने कम्पनीमा आवद्ध अभिकर्ता सम्मानित

१५ साउन, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले उत्कृष्ट व्यवसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई भव्य रुपमा सम्मानित गरेको छ ।

कास्कीको पोखरामा बिहीबार इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट व्यवसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आयोजित ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ मा भव्य रुपमा सम्मानित गरेको जनाएको हो। पोखरा ग्राण्डमा आयोजित सोही समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरु, चिफ मार्केटिङ अफिर , प्रदेश प्रमुख र कम्पनीका कर्मचारीहरुको सहभागितामा उक्त अवार्ड समारोह सम्पन्न गरिएको छ।

कम्पनीका अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदर स्वरुप उक्त विशेष कार्यक्रम आयोजना गरिएको थियो । स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशि आखिझ्याल शैलिका विशेष अवार्ड प्रदान गरिएको इन्स्योरेन्सले जनाएको छ। सोही कार्यक्रममा सोही इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान, अवार्डहरु अभिकर्ता र कर्मचारी साथीहरूको निरन्तर सहकार्य प्रतिफल भएको बताएका छन् ।

उनले भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने उद्घोष सोत गरेका थिए ।