१५ साउन, एजेन्सी । कम्बोडियाले २० जना शैनिक रिहा गर्नका लागि थाइल्याण्डसँग आग्रह गरेको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले बिहीबार २० जना सैनिक रिहाइका लागि वार्ता भइरहेको जानकारी गराएका हुन् । युद्धविराम लागू भएको करिब ८ घण्टापछि मंगलबार बजेतिर सेनालाई कब्जा गरिएको थियो ।
थाइल्यान्ड सरकारले बुधबार हिरासतमा लिइएका सैनिकहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र सैन्य नियमहरू अनुसार व्यवहार गरिएको र सीमा स्थिति स्थिर भएपछि फिर्ता गरिने जनाएको छ ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले दुवै छिमेकी मुलुकलाई आफ्नो युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन, विश्वास र शान्ति निर्माण गर्न द्रुत कदम चाल्न आग्रह गरेका थिए।





